दाङ, १० पुष । दाङको डुरुवा ४ कोठरीमा हुने माघि विशेष सांस्कृतिक महोत्सवको तयारी अीनतम चरणमा पुगेको छ । पुष १२ देखी १७ गतेसम्म हुने माघी विशेष सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।
“स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवकालागी मौतका कुवा, ढुंगा पीङ, झुला पिङ, निर्माण, महोत्सव स्थल तारवार, मञ्च निर्माण, गेट निर्माण लगायतका काम सम्पन्न भएको आयोजक मूल समितिका संयोजक यामबहादुर पुनले जानकारी दिनुभयो । नव जागरण नेपाल दाङको आयोजना र नवश्रृजनसिल युवा क्लब तेघराको सहआयोजनामा हुन लागेको महोत्सवका लागी केही काममात्र बाँकी रहेको उहाँले बताउनुभयो ।
महोत्सवमा नेपाली चलचीत्र एवं सांगीतीक क्षेत्र र हास्यव्यंग्य क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । जसमा नेपाली चलचीत्रकी चर्चीत एवं लोकप्रीय नायीका रेखा थापा, लोकदोहारी क्षेत्रका लोकप्रीय गायक पशुपति शर्मा, चर्चीत लोकदोहारी गायकहरु खुमन अधिकारी, खुमन अधिकारी, तीलक वली, हास्य कलाकारहरु सुरेन्द्र केसी (मुलासाग), जोगेन्द्र पानवाला, हर्के हवल्दार लगायतका कलाकारहर आउने कार्यक्रम रहेको महोत्सवका प्रचारप्रसार संयोजक आर.के. शीतलले जानकारी दिनुभयो ।
