सन्तोष दहित
दाङ (मघै), १० पुस । घोराही नगरपालिका वडा नं. २ मघै गाउँका कोपिला कृर्षि महिला समुहले च्याउखेतिबाट मासिक ६० हजार भन्दा वढी आम्दानी गर्दै आएको छ । पछिल्लो समयमा च्याउखेतिबाट बजारमा राम्रो बजारिकरण भइरहेकोे बेला मघै गाउँका महिलाहरुले पनि च्याउखेतिमा आकर्षित भएका हुन् ।
बजारको नजिकै भएकाले र अरु व्यवसायभन्दा पनि सजिलो भएको हुदाँ ती महिलाहरुले पनि सामुहिकमा च्याउखेतिको सुरुवाट हुन् । उनीहरुले हिजोआज दैनिक १० किलोदेखि लिएर १२ किलोसम्म च्याउ विक्री गर्दै आएका छन् । समुहका सदस्य सीता चौधरी भनिन्, ‘हिज त १७ किलो च्याउँ बेच्यों, विहान ८ किलो बेचिम अहिले बेलुका फेरी बेच्ने जाने हो ।’ कोही यही घरमा किन्न आउनुहुन्छ ।’
प्रतिकिलो दुइसय रुपैयाको दरले बेच्दै आएको जानकारी गराउदै चौधरीले भनिन् –‘बजारमा च्याउ पु¥याउन पाउदैनौ बाटैमा सक्किहाल्छ, बजारको भन्दा ताजा भएकाले पनि होला, सवैले हाम्रो च्याउ किन्ने गर्नुहुन्छ ।’ करिब ५ हजार लागनी गरेर सुरुवाट गरेको च्याउखेतिको पहिलो चरणमा लागनी उठिसेको पनि चौधरीले बताइन् । २२ जना आवद्ध रहेको उक्त समुहले पालै पालो च्याउ बेच्ने जाने उहाले बताउछन् ।
दुईवटा घरमा करिब १ सय ३९ वटा पोकामा च्याउ खेती गर्दै आइरहेका कोपिला कृषि महिला समुहले च्याउ खेतीबाट आएको आम्दानी समुहको खातामा जम्मा गर्दै आइरहेका छन् । समुहका सदस्य आशा चौधरीले भने–‘यही बचत भएको पैसाले गाउँघरमा कसैलाई दुःख अप्ठ्यारो परेको बेला सहयोग गर्छाै ।, कति खेर के हुन्छ कसैलाई थाहा हुदैन ।’
‘हाम्रो समुह भएपछि अहिले गाउँमा पनि धेरै सहज भएको छ, चौधरीले थपिन्,– ‘पहिला गाउँघरमा कोहि विरामी भयो या केही समस्या भयो भने पैसा कहाँ खोजौं खोजौं हुन्थ्यो, अहिले त समुह छ केही भयोकी सस्तो ब्याजमा गाउँमै ऋण पाइन्छ ।’ ‘हामीले गाउँकालाई २ प्रतिशत ब्याजमा ऋण दिइरहेका छौ, उनले भनिन्, ‘अन्य बाहिरकालाई भने समुहको निर्णय बमोजिम हुन्छ ।’
