संजय कुशवाहा
नवलपरासी १० षौष , नवलपरासी जिल्लाको प्रतापपुर गा.बि.स.मा युवा हरुको लागि खेलकुद सामाग्री बितरण गरिएको छ।खेलकुद लाई बिकास गर्ने उदेश्यले गा.बि.स. बाट प्रदान हुने खेलकुद बिकास को रकम बाट खेलकुद सामाग्री खरिद गरि बितरण गरिएको प्रतापपुर खेलकुद समितिका अध्यक्ष सुरज शाहि ले बताउनु भयो।
खेलकुद क्षेत्र आझेलमा पर्दै गईरहेको हुदा खेलकुद लाई बिकास गरिने उदेश्य र युवाहरुले खेलकुदबाट नै नेपालमै रोजगारि बनाउनु पर्नेमा शाहिको धारणा रहेको छ ।
कार्यक्रमबाट वडा न ४,५,६,७,८र९ का युवाहरुलाई क्रिकेटखेलको सामाग्री भलिबल खेलको सामाग्री फुटबल खेलको सामाग्री लगायतका बितरण गरिएको थियो तेसै गरि वडा न १,२,र ३ लाई पनि पहिले बितरण गरिएको थियो।कार्यक्रमको प्रमुख अतिथि गा.बि.स. सचिव देशकान्त बस्याल, शोभित हलुवाई ,कन्हैया गुप्ता लगायतले खेलकुद बिकास गरिनु पर्नेमा मन्तब्य ब्यक्त गर्नु भएको थियो।
