काठमाडौं, १० पुस । नेपाल विद्युत् प्राधिकरण र भारतको एनभीभीएनबीच भारतबाट १६० मेघावाट विद्युत आयात गर्ने सम्झौता भएको छ । प्राधिकरण र एनभीभीएनबीच सन् २०१७ मई महिनासम्म थप १६० मेगावाट विद्युत् ल्याउने गरी सम्झौता भएको हो ।

indrenionlineहाल ८० मेगावाट विद्युत् आयात गर्दै आएको प्राधिकरण र एनभीभीएनबीच थप ८० मेगावाट ल्याउन पूरक विद्युत् खरिद सम्झौता (पीपीए) भएको हो ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार गर्गबीच सम्झौतामा हस्ताक्षर भएको छ ।