दिपक बोहरा , तुलसीपुर १० पुस । अहिलेको राजनीतिक समस्या संसदबाट समाधान गर्न सकिने एक कार्यक्रमका बक्ताहारुको निष्कर्ष छ । बर्तमान सरकारले पाँच नंबर प्रदेशको सिमाङ्कन हेरफेर गर्न संसदमा दर्ता गराएको प्रस्ताब प्रति असन्तुष्ट राजनीतिकदलहरुलाई संसदमा जान समेत बक्ताहरुको आग्रह छ । सम्बाद समुह क्षेत्रीय सचिबालयले तुलसीपुरले शनिबार आयोजना गरेको प्रदेश नंबर ५ को सिमाना हेरफेरको औचित्य, चुनौती र समाधान बिषयक अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् । बर्तमान समस्यालाई समाधान गरी छिटै स्थानिय निकायको चुनाब गर्न बक्ताहरुले राजनीतिक दललाई निर्देशन पनि दिएका छन् ।
प्रमुख प्रतिपक्ष दल एमाले सडक र सदन अबरुद्ध नगरी छलफलका लागि संसदमा जानुपर्ने तथा सत्तापक्ष दल माओवादी केन्द्र र नेपालीकाग्रेसले पनि पेलेर नजाने हो भने सकारात्म निष्कर्ष निस्कने उनीहरुको भनाई थियो । दाङमा क्रियाशिल सबै राजनीतिक दलहरु जिल्लाको समृद्धिका लागि लाग्नु पर्ने बक्ताहरुको भनाई छ । उनीहरुले दाङलाई कसरी प्रदेश नंबर ५ को राजधानी बनाउन सकिन्छ भन्ने तर्फ लाग्न आग्रह पनि गरेका थिए । एमाले नेता बिष्णु पौडेलले प्रदेश नंबर ५ को राजधानी बुटवल बनाउन पहल गरिरहेका बेला दाङमा आन्दोलनरत पक्षले त्यस बारेमा सोच्नु पर्ने बेला भएको उनीहरुको भनाई थियो । ‘ बुटवलका बासिन्दाले राजधानी बुटवल बनाउन आन्दोलन गरिरहेका छन्’ बक्ताहरुले भने ‘हामी दंगालीले दाङमा प्रान्तिय राधानी बनाउन पहल गर्नुपर्छ ।’
कार्यक्रममा सांसद तथा पुर्ब सामान्य प्रशासन मन्त्री रेखा शर्माले संसदमा दर्ता भएको प्रस्ताब माथि छलफलबाट टुंगो लगाउन सकिने बताएकी छिन् । छलफलका लागि एमालेलगायत आन्दोलनरत दलहरुले संसदमा छलफल गरेमा निष्कर्ष निस्कने उनको भनाई थियो । आफुहरु पनि प्रदेश नंबर पाँचको संरचनामा सन्तुष्ट नभएको उनले बताईन् । ‘ म लागएत बर्तमान अर्थमन्त्री कृष्णा महरा पनि अहिलेको पाँच नंबर प्रदेशमा रुकुम, सल्यान , कैलाली, कञ्चनपुरलाई समाबेश गर्नुपर्छ भन्ने पक्षमा छौ’ उनले भनिन् ‘ तर त्यसमा सबै संसदहरु सहमत हुनपर्छ, हामी दुई जना असन्तुष्टि हुदैमा केही हुँदैन् ।’
माओवादी केन्द्रकी नेतृ समेत रहेकी उनले अहिलेको आन्दोलनको कुनै तुक नरहेको बताईन् । प्रदेश नं. पाँचबाट रोल्पा, प्युठान लगायतका जिल्लाहरु अलग गरी प्रदश नं. ४ मा राख्दा उनीहरुलाई पोखरा जाना समस्या हुने उनले बताईन् । ती जिल्लालाई स्थानिय स्तरबाटै सेवा प्रदान गर्न उप केन्द्रको ब्यबस्था गर्न सकिने उनको भनाई छ । उनले अहिलेको संसोधनको प्रस्ताब बिदेशी ईशारामा छ भन्नु गलत भएको बताईन् ।
अर्को प्रंगमा उनले प्रान्तिय राजधानी कहाँ हुन्छ भन्ने कुरा प्रदेश सभाले टुंगो लगाउने भन्दै दाङमा प्रान्तिय राजधानी बनाउन बहुमत तयार गर्न जिल्लामा क्रियाशिल सबै राजनीतिक दल लाग्नु पर्ने उनको भनाई थियो । कार्यक्रममा संसद डिल्ली बहादुर चौधरीले पनि राष्ट्रिय सहमतिबाट मात्रै बर्तमान समस्या सामाधान गर्न सकिने उनको भनाई थियो । उनले आन्दोलनरत दललाई सडक र सदन अबरुद्ध गर्नु भन्दा छलफलमा आउनुपर्ने बताए । प्रदेश नं. ५ को राजधानी दाङमै बनाउनका लागि सबै राजनीतिक दलले साभाm धारणा बनाउनु पर्ने उनको तर्क थियो । ‘एमाले नेता बिष्णु पौडेल बुटवल राजधानी बनाउन लागिरहेको बेला दाङका राजनीतिक दलहरु पनि दाङमा कसरी प्रान्तिय राजधानी गराउन सकिन्छ भन्ने तर्फ लाग्ुनु पर्छ’ उनले भने । एमालेलागायत तीन वटै राजनीतिक दलको सहमतिमा संसोधन प्रस्ताब दर्ता भएकाले एमाले सत्तामा भएको बेला मात्रै संसोधन हुने, सत्ता बाहिर गएमा संसोधन हुदैनन भन्नु न्यायोचित नहुने उनको भनाई थियो । एमाले लगायतका राजनीतिकदलहरुले बिरोधका लागि बिरोध गर्न नहुने पनि उनको तर्क थियो ।
त्यस्तै एमाले दाङका ईञ्चार्ज मेटमनी चौधरीले अहिले सरकारले ल्याएको प्रस्ताबले दाङलाई समृद्धिको मार्गमा लिन नसक्ने बताएका थिए । ५ नंबर प्रदेशबाट पहाडि जिल्ला अलग गर्ने हो भने संबृद्धि हुनै नसक्ने उनको ठोकुवा थियो । उनले छिमेकी मुलुकको स्वार्थका लागि संसोधन ल्याएको समेत आरोप लगाए । नेपालका राजनीतिक दलहरु मिलिरहेको बेला भारतलाई सह्य नहुने उनको भनाई थियो । उनले भने‘ जब नेपाली राजनीतिक दलहरु एक ढिक्का हुन्छन्, तब भारतले नेपालीलाई लडाएर त्यसको फाईदा आफुले लिने गरेको छ ।’ अहिले पनि पाँच नंबर प्रदेशलाई पहाडबाट अलग गरेर तराई क्षेत्रलाई भारतले आफ्नो हातमा लिन खोजेको उनको आरोप थियो । भारतले २००७,२०१७ र २०४६ साल जस्तै अहिले पनि यहाँका राजनीतिक दल बिच बिखण्डन गराएर त्यसको फाईदा आफुले लिन खोजेको उनको भनाई थियो । उनले अहिले संसदमा दर्ता भएको संसोधन प्रस्ताब राष्ट्रघाती भएको बताए । त्यस्तै धेरै जाति बस्ने ठाउलाई एक जातीको मात्रै प्रदेश सम्भब नहुँने पनि उनको भनाई छ ।
कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्वर ४ का सभापति जगत खडका,नेकपा एमालेका मानबहादुर रावत,राप्रपाका नरबहादुर बुढा,सघिय थरुहटका शरण थारु,थरुहट नेपालका धनीराम चौधरी,राष्ट्रिय जनमुक्तिका ठाकुर रोका,अधिबक्ता डिल्लीराज धिताल र बिष्णुमणी धिताल,जेष्ठ नागरिक खुमानन्द अधिकारी,पत्रकारहरु टीका बस्नेत,सुनील पोख्रेल,चेतन रेग्मी,चूर्णबहादुर चौधरी लगायतले आ–आफ्नो भनाई राखेका थिए । नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको अध्यक्षतामा भएको अन्तक्रियामा स्वागत मन्तब्य सम्बाद समुहका संयोजक चन्द्रबहादुर चौधरी,धन्यबाद ज्ञापन द्धन्द बिश्लेषण समुहका बिष्णुकुमार देबकोटा र सहजीकरण सुशील बस्नेतले गरेका थिए ।
