दाङको घोराहि– ५ मा रहेको अम्बिकेश्वरी सामुदायिक बन उपभोक्ता समुहको १९ औँ साधारण सभा आज सम्पन्न भएको छ । समुहका अध्यक्ष श्रीधर भण्डारीको अध्यक्षता तथा अम्बिकेश्वरी इलाका बन कार्यालयका बन प्राविधिक छबिलाल बुढाको प्रमुख आतिथ्यतामा साभारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा बन समुहका सचिव इन्दिरा अधिकारीले वार्षिक तथा कोषाध्यक्ष मिना रेग्मीले वार्षिक आय–व्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा नागरिक मञ्च वार्ड नं. ५ का संयोजक दामोदर भुसाल, निमावि बेलघारीका अध्यक्ष कुमुद पोखरेल, बरिष्ठ पत्रकार बिष्णु आर्ट, बन समुहका पुर्व अध्यक्ष सैतु चौधरी, शोभाराम गिरी, नारायणप्रसाद पाण्डे, नारायणप्रसाद भट्टराईले मन्तव्य राख्नुभएको थियो ।।
