दाङ, ९ पुस । भारतले नेपालमा रहेको १ हजार र ५ सयको भारतीय नोट साट्ने सम्भावना क्षिण वन्दै गएको छ । प्रचलनमा नै प्रतिबन्ध लगाएको नोट साट्ने विषयमा राष्ट्रवैंक र रिजर्भ वैंक अफ इन्डीया आरवीआईबीच पटक पटक छलफल भएपनि निर्णय हुन नसकेपछि नोट नसाट्ने निश्चित प्रायस भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
नेपालमा रहेको नोटबारे वुझ्न भारतको अर्थ मन्त्रालयका एक सहसचिव नेपाल आउने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो । गत विहीबार भारतीय दुतावासमा राष्ट्रवैंकका गर्भनर र राजदुत रणजीत रायवीच नोट सटहीबारे छलफल भएपनि निर्णय हुन सकेन । छलफल निश्कर्षमा नपुग्नु र भारतीय टोली नेपाल आउने कार्यक्रम स्थगित हुनुले नोट साट्ने सम्भावना अत्यन्तै कम भएको केन्द्रीय वैंक स्रोतको भनाई छ ।
भारतमै पनि १ हजार र ५ सयको नोट साट्ने समयअवघि आगामी शुक्रबार सकिदैछ । अवैध कालोधनलाई निरुत्साहीत गर्न र नक्कली नोटलाई विस्थापन गर्न भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना १ हजार र ५ सयको नोटमा प्रतिवन्ध लगाउनुभएको थियो । पाकिस्तानले नेपालको बाटो प्रयोग गरेर नक्कली नोटको कारोबारे गरेको आशंकामा भारतले प्रतिवन्ध लगाएको हुन सक्ने राष्ट्र वैंकको ठम्म्याई छ ।
