दाङ, ९ पुस । घोराही नगरपालिका (तत्कालिन त्रिभुवन नगरपालिका) का सस्थापक प्रधानपञ्च गजराज शर्माको आज ८४ बर्षको उमेरमा निधन भएको छ ।
शिक्षाप्रेमि, बिकास प्रेमि तथा सामाजिक ब्यक्तित्व शर्माको आज बिहान ८ बजे काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो । घोराही नगरपालिका ४ भैसाहि निवासि शर्मा पछिल्लो समय काठमाण्डौमा बस्दै आउनुभएको थियो ।।