अल्फा इङ्लिस बोर्डिङ् स्कुलका संस्थापक इन्द्रसेन थापाको दोस्रो स्मृति दिवसका अवसरमा शनिबार इन्द्रसेन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका पूर्व विद्यार्थीहरुको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय थापाको व्यक्तित्व तथा शैक्षिक योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका प्रिन्सिपल आदिम केसीले स्वर्गीय थापाको व्यक्तित्व तथा शैक्षिक योगदानको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका ६ समूह सहभागी भएका थिए । कार्यक्रममा अजय गुप्ता, विपिन पाण्डे, सौगात डाँगी र शुभम कनोजियाको समूह प्रथम भएको थियो भने प्रणव गिरी, निशान्त पोख्रेल, विवेक श्रेष्ठ र योगेश अधिकारीको समूह द्वितीय भएको थियो ।

त्यसैगरी सन्जु रोका, झरना बिएम, सम्झना जिएम र शैदु रहेमानको समूह तृतीय भएको थियो । कार्यक्रममा विद्यालयका सह—प्रधानाध्यापक गोविन्द बत्स्याल, शिक्षक निमबहादुर केसी, दिपक आचार्य, विपिन केसी, टि.डी. कठरिया तथा पूर्व विद्यार्थीहरु भूपेन्द्र वली, आभाष के.सी. कल्याण थापा, विवेक विएम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।।