दाङ सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडको बाह्रौ बार्षिक साधारणसभा आज घोराहीमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षता तथा सस्थापक अध्यक्ष नारायणपसाद शर्माको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

radio-madhyapaschim1-544x264साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथी शर्माले रेडियोले आवाजहिनहरुको आवाजलाई आम समुदायसम्म पु¥याउनुपर्ने बताउनुभएको थियो । रेडियोले केन्द्रका खबरभन्दा स्थानीय खबरलाई प्राथमिकता दिनुपर्ने भन्दै त्यसका लागि सामुहिक भावनाले काम गर्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा सस्थका कानुनी परामर्श समितिका सदस्य मदन पोखरेल, दाङ जिल्ला उद्योग बाणिज्इ संघका अध्यक्ष तथा लेखा समितिका सदस्य हेमराज बञ्जाडेलगायतकाले बोल्नुभएको थियो । सस्थाका उपाध्यक्ष सुशील गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सचिव सुदर्शन रिजाल र कोषाध्यक्ष शारदा शर्माले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिबेदन साधारणसभाले परिमार्जनसहित पारित गरेको थियो ।।