कोहलपुर । नौवस्ता–२ का ४५ वर्षीय एक ब्यक्तिले श्रीमती माइत गएको मौका पारी आफ्नै जवान अशक्त छोरीमाथि बलात्कार गरेका छन् । ४५ वर्षीय ती बाबुले १९ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् ।

balatkar1पत्नी दैलेख माइतमा गएको बेला ती व्यक्तिले मदिरा सेवन गरी छोरीमाथि बलात्कार गरेको उजुरी परेको र बाबुले स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार छोरीबाटै बलात्कार भएको उजुरी आएपछि छोरी बलात्कार गर्ने बाबुलाई पक्राउ गरी कारवाही थालेको हो । राजधानी दैनिकमा खबर छ