tara-parajuli
तारा पराजुली

मेरो प्यारो मान्छे !
तिमीलाई जन्म दिनको अनेकन शुभकामना
तिम्रो जन्मदिन

प्रिय !
आज तिम्रो जन्मदिन
यो न चिसो न तातो
कपास जस्तो नरम मुलायम याम
तिम्रै राज त हो।

आजको दिन
यो चौडा सड़क
र अफ्ठेरो गोरेटोको कुरा नगरौं
किनकी तिमी आफैं सबैभन्दा लामो बाटो हौ।

यी प्रदेश
र अव्यवस्थित भूगोलको पनि कुरा नगरौं
जब तिमी आफैं अब्बल व्यवस्था हौ।
जगेर्ना वनजस्तो
तार घेरा गर्नु छैन
कारण तिमी आफैं शक्ति र सुरक्षा हौ।

यो समय तिमीलाई
कुनै आचरण, इमान रआदर्शको अध्याय
घोकाऊँ पनि छैन

थाहा छ,
तिमी आफैं सर्वोत्तम व्यवहार हौ।

सत्य हो,
आजको दिन तिम्रो शुभकामनामा
धेरै शब्द खपत गर्न मन छैन
ता कि, तिमी आफैं सर्वमान्य भाषा हौ
लिपि हौ
व्याकरण
र सिङ्गो ग्रन्थ हौ।

किनारसंग पराजित नदीको प्रवाह झैं
तिम्रो आगमनमा

तमाम् उज्यालोहरू सर्माइरहेको यो समय
बाहिर गहिरो अँध्यारो छ(नडराऊ

यो पनि नभनौं
जब तिमी आफैं उज्यालो हौ।
बरु भन्नै पर्ने एउटा कुरा छ(
आज बर्सौंपछि

झोलाभरि निरोगी विसासय आयु र
अनुहारमा चम्किलो आभा
उपहार लिएर आइपुगेको छ
एउटा नाबालक सूर्य
तिम्रो जन्मदिन मनाउन।