बसन्त परियार,तुलसीपुर ९ पुस । क्यान्सर पिडित तुलसीपुर १ राणागाउ निवासि विर बहादुर खत्री सहयोग जुट्ने क्रम जारी छ । बिभिन्न सञ्चार माध्यामबाट समाचार प्रकाशित भएपछि उनलाई शनिबार मोडल एपी खड्काले ६ हजार पाँच सय रुपैयाा आर्थिक सहयोग गरेका हुन् ।
राप्ती भेरी विकास बैंक तुलसीपुर शाखाका सहायक मेनेजर समेत रहेका केसीले पिडित खत्रीकै निबासमा पुगी सहयोग हस्तान्तरण गरेका हुन् । खत्रीको पिडालाई आफ्नै पिडा सम्झेर सक्दो सहयोग गरेको उनले बताए ।
साथै चिया खाने पैशा बचत गरेर भएपनि यस्ता पिडितहरुलाई सानो सहयोग गरेमा उनीहरुको जीवनमा ठुलो परिबर्तन हुने सक्ने उनले बताए । त्यसैले सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।
उनले जुस ,फलफुलहरु र नगद ५ हजार ५ सय रुपैया पीडित खत्रीकी श्रीमति सीता खत्रीलाई हस्तान्तरण गरेका थिए । सहयोग ग्रहण गर्दै पीडितकी श्रीमती खत्रीले यस्तै सहयोग प्राप्त भए श्रीमानको ज्यान जोगिन सक्ने बताईन ।
स्थानिय समदर्शि यूवा क्लवका अध्यक्ष टेकराज केसीको अध्यक्षता तथा मोडल यपि केसीको प्रमुख आतिथ्यमा सहयोग हस्तान्तरण कार्यक्रम भएको थियोे । सो अवसरमा माओवादि केन्द्रका कलिभान रोका,राप्ती सामाचार दैनिकका सन्तोष वली,रेडियो प्रकृतिका शंकर भुसाल , रेडियो हापुरेकि सज्जीता केसी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण पत्रकार बसन्त परियारले गरेका थिए । पीडित खत्रीको समाचार पहिलो पटक पत्रकार बसन्त परियारले सञ्चार माध्याममा ल्याएका थिए । पत्रकारहरुले सधै नेताहरुका भाषण मात्रै समाचार बनाउने गर्ने प्रबृति भईरहेका बेला परियारले यस्ता पीडितहरुको आवाज बाहिर ल्याउन खेलेको भुमिकाको पनि प्रशांसा गरेका थिए ।
अबको पत्रकारीता यस्तै पीडितमा केन्द्रीत हुनेपर्ने पनि बक्ताहरुको भनाई थियो । एउटा समाचारको भरमा कसैले नयाँ जीवन पाउछ भने सञ्चार माध्याम पनि त्यता तर्फ लाग्नुपर्ने बताईन् ।
यस अघि समदर्शी क्लवले ३३ हजार १ सय ५ , गुरुजजुर उमाविले १० हजार , प्रावि राणागाउले २ हजार ५ सय , भगवति टोल विकास सस्थाले ५ हजार ७ सय ५ , शान्ती टोल विकास सस्थाले ५० हजार गरी १ लाख ३ हजार ३ सय १५ रुपैया पिडित परीवारलाई हस्तान्तरण गरेको थियो ।
