तुलसीपुर ९ पुस । गोल्टाकुरी ८ को वडा भेला शनिबार भएको छ । वडा नागरिक मञ्चका संयोजक पवित्रा खत्रीको अध्यक्षता तथा सिड संस्थाका विनोद चौधरीको प्रमुख आतिथ्यमा भेला भएको हो ।
भेलाले वडामा रहेको सिचाई जिटि फोर डिग वोरिङ सञ्चालनमा नआउदा स्थानियलाई समस्या निम्तिएको ठहर गरेको छ । भेलामा सहभागि भएका उपभोक्ताले खेतको विचमा सिचाई वोरिङ भएको तर अध्यक्षले कुनै पहल नथाल्दा खेतहरुमा सिंचाई सुबिधा पुग्न नसकेको गुनासो गरेका थिए ।
उनीहरुले पुर्व अध्यक्ष गीता पौडेल र वर्तमान अध्यक्ष गणेश आचार्यका विचमा देखिएको समस्याले गर्दा आफुहरु मारमा परेको उनीहरुको गुनासो थियो । भेलमा सहभागी पुर्व अध्यक्ष गीता पौडेलले सिंचाई सुबिधा पु¥याउन आफु प्रतिबद्ध रहेको बताईन् ।
पौडेलले वर्तमान अध्यक्षलाई सार्बजनीक छलफलमा आएरु समस्या सामाधान गर्नु पर्ने बताईन् । उनले समस्या उब्जाउनेले समाधानको उपाय पनि खोज्नु पर्ने भनाई राखिन् । भेलामा निम्ता गर्दा पनि वर्तमान अध्यक्ष आचार्य उपस्थित नभएको भन्दै सहभागिले गुणासो गरेका थिए ।
भेलाले वर्तमान अध्यक्ष आचार्यलाई एक साताका लागी समस्या समाधान गर्न समय दिने र त्यसपछि पनि समस्या समाधान नभएमा फेरी छलफल गर्ने निर्णय गरेको स्थानिय नारायण वलीले जानकारी दिए ।
त्यस्तै भेलाले गाविस स्तरमा आर्थिक वर्ष २०७३/०७४ का लागि गैरागाँउ सडक मर्मत, २०७४÷०७५ डवरा सडक निर्माण र बङ्गलापुर खानेपानी योजनालाई छनोट गरेको छ । त्यसैगरी जिल्ला स्तरमा माग गर्नका लागि जिटि फोर र्ममत, गैरागाउँ नमुना वस्ती सडक र्ममत योजना छनोट गरेको छ ।
भेलाले केन्द्र स्तरमा माग गर्नको लागि मुख्य सडक र्ममत र तुई सोता बबई कटान नियन्त्रण योजना छनोट गरेको छ । त्यसैगरी विषयगत कार्यालयमा माग गर्ने योजना पनि छनोट गरेको छ । भेलाको सहजीकरण गाबिसका सामाजिक परिचालक देवीराम कुसारीले गरेका थिए ।
