15683206_1158078710912406_450553507_nप्रकाश डाँगी/ गोलटाकुरी  ९   पुस । राप्रपा र राप्रपा नेपाल एकीकरण संगै दाङ राप्रपाले आफ्नो संगठन बिस्तारलाई तीब्रता दिन थालेको छ ।  केन्द्र ,जिल्ला र क्षेत्र एकीकरण पछि राप्रपाले गाँउ एकीकरण अभियान सुरु भएको छ । त्यसैको सिलसिला शनिबार दाङको गोल्टाकुरी गाबिस बाट सुरुवात गरिएको सो पार्टीको नेतृत्वले बताएको छ । दाङका जिल्ला स्तरीय नेताहरु सहभागीतामा गोल्टाकुरीमा राप्रपा एकीकरण अभियान गरिएको हो ।

एकिकरण कार्यक्रममा सात दर्जन बढी व्यक्तिहरु बिभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रबेश गरेको उक्त पार्टीले दाबी गरेको छ । राप्रपा दाङ क्षेत्र नं ५ का शभापति प्रमोद बस्नेतको शभापतित्व तथा राप्रपाका केन्द्रीय सदस्य तेजबहादुर बस्नेतको प्रमुख आथित्य एवं अर्काकेन्द्रीय सदस्य रोमहर्ष भण्डारीको बिशिष्ट आथित्यमा गांउ राप्रपा एकीकरण तथा पार्र्टी प्रबेश कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अथिति बस्नेतले कार्यकर्तालाई स्थानीय निर्वाचनका लागि तयार रहन निर्देशन दिएका थिए । कार्यक्रममा राप्रपा दाङका जिल्ला अध्यक्ष मण्डल द्धय टोपबहादुर शाह , क्षेत्रबहादुर बस्नेत, क्षेत्र नं ५ का सह–अध्यक्ष यामेन्द्र वली , तुलसीपुर नगर समितिका अध्यक्ष लालबहादुर केसी , नोखी राम खत्री , युबराज खड्का , शंकर केसी लगायतकाले मनतब्य व्यक्त गरेका थिए ।

पार्टी एकीकरण तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बाधोन गर्दै राप्रपाका नेताहरुले देश ब्यापि रुपमा पार्टीको एकीकरण संगै सांगठनिक पक्ष मजबुद गराउँदै लैजान आग्रह गरेका थिए ।  बक्ताहरुले राप्रपा देशकै बलियो दलको रुपमा उदाउने निश्चत भएको दाबीपनि गरेका थिए ।