बिजौरी ९ पुस । बिजौरीमा कृषि पर्यटन पबद्धन तथा संस्कृतिक महोत्सब हुने भएको छ । स्थानीय उत्पादनमा हाम्रो प्रोत्साहान, धार्मीक तथा पर्याटकीय स्थल छिल्लीकोटको पहिचान भन्ने नराका साथ विजौरी उद्योग वाणिज्य संघले महोत्सव सञ्चालन गर्ने भएको छ ।
महोत्सब यहि पुस २० देखी माग १ गते सम्म सञ्चालन हुन लागेको संघका अध्यक्ष मुकेश वलीले जानकारी दिए । महोत्सब सञ्चालनका बिषयमा शनिबार बिजौरीमा सर्वपक्षिय अन्तरक्रिया कार्यक्रम भएको छ ।
संघका अध्यक्ष मुकेश वलीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बक्ताहरुले विजौरी क्षेत्रको विकास एवं प्रचार प्रसारका नाममा सञ्चालन गर्न लागीएको महोत्सवले उदेश्यलाई आत्मसाथ गर्नुपर्ने बताए ।
कार्यक्रममा महोत्सवका लागी आवश्यक आर्थिक, भौतिक तथा सुरक्षा ब्यवस्थाका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष वलीले महोत्सव सफल पार्न सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका थिए ।
महोत्सवले विजौरी गाविसको पहिचान र महिमालाई उजागर गर्ने बताएका थिए । स्थानिय उत्पादन, ऐतिहासिक पर्यटकिय स्थल तथा विभिन्न ब्यापारीक समाग्रीहरुका दुई सय स्टलहरु राखिने अध्यक्ष वलीले वताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष दुर्गा वहादुर खत्रि, समाजसेवी विनय पोख्रेल, टोपेन्द्र केसी, पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली वहादुर रावत, कृषि सेवा केन्द्र तुलसीपुरका प्रमुख पशुपति शर्मा, ऋसिश्वर न्यौपाने, भैरव मजगैया, संघका सल्लाहाकार धर्म वहादु वैरागी, संस्थापक उपाध्यक्ष पुष्पा डाँगी, पत्रकार सुनिल पोख्रेल लगाएतकाले मन्तब्य ब्यक्त गरेको संघका पे्रस सल्लाहकार राकेश बस्नेतले जानकारी दिए ।
उद्योग वाणिज्य संघका उपाध्यक्ष लेखनाथ खत्रीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिब विरेन्द्र खड्काले गरेका थिए ।
