इटहरी, ९ पुस । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा मध्यपश्चिमाञ्चल विजयी भएको छ । सुनसरीको इटहरीमा आज भएको पहिलो खेलमा मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २ विकेटले हराएको हो ।

imagesटस जितेर पहिलो व्याटिङ्मा उत्रिएको पश्चिमाञ्चल निर्धारित २० ओभरमा ७२ रन मात्र बनाउन सक्यो । पश्चिमाञ्चलका लागि अनिसा केसी र नितु भण्डारीले समान १६ रन जोडेका थिए । मध्यपश्चिमाञ्चलकी अनु केसीले ४ विकेट लिइकी थिइन् ।

७३ रनको लक्ष्यसहित जवाफी व्याटिङ्मा मैदान उत्रिएको मध्यपश्चिमाञ्चले १८ ओभरमै सात विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मध्यपश्चिमाञ्चललाई जिताउन कप्तान नेरी थापाले सर्वाधिक ४३ रन बनाइकी थिइन । मध्यपश्चिमाञ्चलकी अनिता चौधरी प्लेयर अफ द म्याच भइन् । महिला क्रिकेटमा हिजो सशस्त्र प्रहरीको एपिएफ क्लव र पूर्वाञ्चल विकास क्षेत्र विजयी भएका थिए ।