इन्द्रेणी संवाददाता
दाङ, ९ पुस । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माणको वेला आफूलाई प्रध राष्ट्रिपति बन्नका लागि धेरै अफरहरु आएको खुलासा गरेका छन् । दाङको घोराहीमा आज प्रेस सेन्टर नेपाल दाङशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
त्यतिवेला आफ्नो पार्टी प्रतिपक्षमा भएको र आफूलाई आएका अफरहरु स्वीकारेको भए संविधान नै जारी नहुँने दावी गरे । ‘त्यतिवेला मलाई प्रधानमन्त्री र राष्ट्रपनि बन्नका लागि धेरै अफर आएका हुन् तर त्यो अफर मैले स्वीकार गरेको भए अहिलेको संविधान आउने थिएन’, प्रचण्डले भने ।
प्रतिपक्षमा भएको भएपनि त्यतिका सरकारका प्रधानमन्त्रीलाई आफ्नो पार्टीले सहयोग गरेका मात्रै संविधान आएको उनले दावी गरे । तर अहिले संविधान कार्यान्वयनको वेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिपक्षको भूमिका भन्दा प्रतिसोतको भावनाले असहयोग गर्दै आएको प्रचण्डको भनाइ छ ।
‘प्रतिपक्षको भूमिका निर्वाह गर्नु राम्रो हो, तर एमालेले प्रतिसोतको भावना देखाएको छ’, उनले भने, ‘संविधान संसोधनलगायतका संविधान कार्यान्वयनका विषयमा सहमति नभए पनि प्रक्रियामा सहमति गर्नुपर्छ ।’
