आनन्दमोहन नमस्कार
घोराही, ९ पुस । घोराहीमा सञ्चालनमा रहेको नमस्ते वित्तीय संस्थाको आज घोराहीमा सम्पन्न दशौंं साधारणसभाले २४ प्रतिशत बोनश सेयर पारित गरेको छ । बोनश सेयर संगै संस्थाको चुक्ता पूँजी चार करोड ६५ लाख पुगेको छ । दाङलाई कार्यक्षेत्र बनाएर दश वर्षअघिदेखि सञ्चालित संस्था नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र वित्तीय संस्था हो ।

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष निर्मल देवकोटाले प्रस्तुत गरेकोे वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मतरुपमा पारित भएको छ । साधारणसभाले कर प्रयोजनकका लागि एक दशमलव २६ प्रतिशत नगद लाभांश पारित गर्ने, आर्थिक वर्ष २०७२÷०७३ को नाफा नोक्शान हिसाव, जारी पूंजी वृद्धिका लागि प्रवन्धपत्र नियमावलीमा संसोधनका लागि स्विकृति दिने लगायतका निर्णय गरेको छ । संस्थाले गत आर्थिक वर्षमा एक करोड दश लाख बढि खुद मूनाफा आर्जन गरेको थियो ।

कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत भुपाल गिरीले सानो पूँजीबाटपनि उल्लेखनिय सफलता हात पार्न सफल भएको बताएका थिए । ‘संस्थाले यस आर्थिक वर्षको हाल सम्मको अवधिमा ७५ लाख जति मूनाफा आर्जन गरिसकेको छ, यो गत वर्षभन्दा पनि राम्रो हो, सीमित श्रोत साधन तथा अधिकारका वावजुतपनि ठूला वित्तीय संस्था सरह मूनाफा दिन संस्था सफल हुदै आएको छ ।’– उनले भने,े ‘सबै सेयरधनि तथा ग्राहकहरुको माया तथा सद्भावले संस्था अघि बढ्दै गर्दा पनि नियमनकारी निकाय राष्ट्र बैंकको पूंँजीवृद्धि योजनाका कारण मर्जमा जानु पर्ने अवस्था आएको छ ।

कार्यक्रममा प्रस्तुत गरिएको प्रगति विवरण अनुसार संस्थाले कार्तिक मसान्तासम्म ३९ करोड ३० लाख निक्षेप संकलन, २६ करोड ५१ लाख कर्जा प्रवाह, सञ्चालन मूनाफा ५९ लाख ५० हजार, कुल पू“जी कोष पा“च करोड ९१ लाख, कर्जा÷निक्षेप अनुपात ५८ प्रतिशत, प्रतिशेयर आम्दानी २५ प्रतिशत रहेको छ । संस्थामा पाँच हजार बढि सन्तुष्ट बचतकर्जा तथा झण्डै नौ सय ऋणी रहेको संस्थाका सहायक प्रवन्धक दिनेशचन्द्र पौडेलले जानकारी दिए ।