गोविन्द खड्का
घोराही । एक सय ४२ घार माहुरी घोराही ६ गिठेपानीका बालाराम बस्नेतले एकै चोटि घर बारीमा ल्याए । त्यसले जिल्ला माहुरी पालक संघलाई समेत तरंगित बनायो । अनुमति विना कसैले पनि त्यसरी माहुरी भित्रयाउन नपाउने नियम संघले बनाएको थियो । बस्नेतमा भने फाईदा हुने विश्वास थियो ।
‘अहिले गिठेपानीमा कसैको माहुरी छैन’ अनुमान बाट फेल खाएका पालक बस्नेत भन्नुहुन्छ ‘सब डुब्या छन् ।’ उहा“का अनुसार यस पटक तोरी र चिउरीको तालमेल मिलेन । त्यसको असरले मह संकलन भएन । अघिल्लो बर्ष तिन पटक काढ्नेहरुलाई अहिले दुईपटक पनि मह निकाल्न मुश्किल भयो ।
चा“डै सिजन सकिएपछि भयारस्थान टोलका युगराज पोख्रेलले साथिहरुलाई पनि मह दिन नसकेको बताउनुहुन्छ । तिन चोटि सम्म मह निकालेर बेच्ने गरेका पोख्रेल दुईपटकमै सकियो । पहिलो पटक जत्ति दोश्रोमा मह आएन । यस पटकको सिजन माहुरीका लागि उपयुक्त देखिएन ।
चार सय टन मह प्रशोधन गर्ने आशामा बसेको शिब शक्ति बी कन्सर्न घोराही तिन सयमै रोकिनुपरेको बताउ“छ । प्रशोधन केन्द्रका सञ्चालक एवं माहुरी पालक विष्णुराज श्रेष्ठकाका अनुसार बढिमा तिन सय टन मह उत्पादन भयो । धेरै व्यवसायीको आधा भन्दा कम उत्पादन गरेका छन् ।
यो आ“कडा अहिले देश भरी वाट आउने गरेको व्यवसायीहरु बताउ“छन् । लामो समय सम्म बर्षात हुनाले तोरी ढिलो फुल्यो । माहुरी चिउरीतिर लाग्यो । जति बेला माहुरी चिउरी निखारेर फर्कियो त्यस बेला तोरिको फुल ओईलाई सकेको थियो । त्यस संगै चिउरीको पनि आउने र न आउने सिजन हुन्छ । ‘पोहर साल दुई हजार घारले तिन पटक मह निकालेको थिए“’ श्रेष्ठले भन्नुभयो, ‘यस पटक एक हजारलाई दुईपटक पनि काढ्न मिल्ने मह उत्पादन गर्न सकिएन ।’ उहाका अनुसार निराश भएर व्यवसाय बाट भाग्ने अबस्था भने छैन । अर्को बर्ष सिजनले घाटा पुर्नसक्छ ।
