इन्द्रेणी संवाददाता
घोराही, ९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञनेन्द्र शाहले पछिल्लो समयमा वढी चुरिफुरी गरेको भन्दै यो भन्दा वढी गरेर वढी बोले दुःख पाउने बताएका छन् ।
दाङको घोराहीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले भने, ‘गइसकेको राजतन्त्रको कुरै नगरौं, पूर्वराजाले धेरै चुरिफुरी गर्नु हुदैन र वढी पनि बोल्नु हुँदैन वढी बोले दुःख पाउछन् ।’
दरवार हत्याकाण्डको छानविन आफू पहिलो पटक प्रधानमन्त्री भएकै वेला नारायण हिटीलाई सार्वसाधारणहरुका लागि खुल्ला गर्ने समयमै छानविन गर्ने घोषणा गरिसकेको भएकाले यो यसै अनुसार अघि वढ्ने उनले बताए । गत विहीबारको संसद बैठकमा गृहमन्त्रीले दरवार हत्याकाण्डको छानविनको प्रस्ताव गरे नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा दाहालले त्यो मागको रुपमा मात्रै कुरा उठेको तर प्रस्ताव नभएको बताए ।
