सल्यान ११ जेठ
सल्यान छायाँछेत्र हत्याकाण्डका हत्या आरोपी सञ्जय भारतीलाइ कारागार चलान गरिएको छ ।karagar

छायाँछेत्र ९ राना गाउँमा एकैघरका ३ सहित ४ जनाको हत्या आरोपी उनलाइ जिल्ला अदालत सल्यानले थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको श्रेस्तेदार अरुण कोइरालाले बताउनुभयो ।

हत्या आरोपमा पक्राउ परेका संजयलाइ जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यलयले मुद्दा दायर गरेको थियो । अर्काे मुद्दाको कारणसमय नपुगेपछि हिजो उनलाइ बयान लिएपछि जिल्ला न्यायाधिस माधबेन्द्र राज रेग्मीको इजलासले थुनामा राख्न आदेश दिएको कोइरालाले बताउनुभयो ।

छायाँछेत्र ९ राना गाउँमा २३ बर्षिय सीता खान ठकुरी, नावालक छोरीहरु ३ बर्षिय पबित्रा खान, १ बर्षिय सबिता खान र सिताकी बहिनी १८ बर्षिय गिता गिरीको गत बैसाख १४ गते राति विभत्स रुपले हत्या भएको थियो । अनुसन्धान पश्चात उनिहरुको हत्या सन्जय भारतीले नै गरेको खुल्न आएको थियो ।।