इन्द्रेणी संवाददाता
दाङ, ११ जेठ
दाङको तुलसीपुर नगरपालिका ७ नाउलाका स्थानियलाई एक गाग्री खानेपानीका लागि दिनभरको समय खचर्नुपर्ने बाध्यता रहेको छ ।
त्यहाका स्थानियले आफुहरु बिरामि पर्दापनि डोकोमा वोकेर गाडी चल्ने बाटो सम्म लैजानुपर्ने बाध्यता रहेको भन्दै खानेपानीका ेसमस्या समाधान गर्न र विकास निर्माणका लागि कसैले चासो नदिएकोे गुनासो गरेका छन् ।
त्यहाका बालबालिका पढ्नको लागि २ घण्टा हिडेर उच्चमावि रक्षा चौर तथा तुलसीपुर १० दमारगाउँ जानुपर्नेबाध्यता रहेको छ भने विद्युतको पोल गाडेको वर्षाै भएपनि बिद्युत्त जडान कहिले हुने त्यो पनि अनिश्चित जस्तै बनेको छ ।
स्थानीय रामबहादुर गुरुङका अनुसार विजुली बत्ति बाल्न पाउने आशामा बसेका वडावासी निराश बनेका छन् । भौगोलीक विकटताका कारण नगरपालिका भएपनि शिक्षा स्वास्थ्य, विद्युत तथा सञ्चारको विकासले वडा नं. ७ लाई छुन सकेको छैन ।
स्थानीयले आफ्नासमस्या तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति र नगरपालिकालाई भन्दै आएपनि आफुहरुको मागको सुनुवाई नभएको बताएका छन् । २ हजार बढी जनसंख्या रहेको वडा नं. ७ मा कुनै खानेपानीको योजना निर्माण नगरिएकोले एक गाग्री पानी भर्नका लागि ३÷४ घण्टा हिड्नपर्ने बाध्यता रहेको छ ।।
