इन्द्रेणी संवाददाता
दाङ, ११जेठ
सामान्य प्रशासन मन्त्री रेखा शर्माले द्धन्द्धपिडितका समस्या समाधान गर्नेगरी सरकार अघि बढेको बताउनुभएको छ ।
दाङको घोराही ३ बर्गद्धीमा मंगलवार बिहान भएको शहिद परिवारसंगको भेटघाटमा उहाले उक्त कुरा बताउनुभएको हो ।
मन्त्रि शर्माले आगामि बजेटबाट द्धन्द्धपिडितका गुनासो सम्बोधन गर्नेगरी कार्यक्रम आउने बताउनुभयो । उहाले शान्त्रि प्रक्रियाको सबै काम चाडै टुङगाउने गरि सरकार अघि बढेको पनि जानकारी दिनुभयो ।
सो कार्यक्रममा द्धन्द्धपिडितहरुले आफ्ना सन्तानको पठनपाठन र रोजगारिको ग्यारेन्टि गर्न माग गरेका थिए । कार्यक्रमको सहजिकरण नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल आचार्यले गर्नुभएको थियो ।।