काठमाडौं, जेठ ११ 
संयुक्त विद्यार्थी संगठनहरुले ऐन विपरीत शुल्क लिएका विद्यालयलाई चाँडो कारबाही गर्न माग गरेका छन । शुल्क निर्धारणको विषय कार्यान्वयनमा ल्याउन शिक्षामन्त्री गिरिराजमणी पोख्रेललाई दबाब दिने संयुक्त विद्यार्थी संगठनको निर्णय छ । download

मंगलबार बिहान नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ लगायत अरु विषय कार्यान्वयनको लागि दबाव दिने निर्णय भएको हो ।

शिक्षा मन्त्रालयका अधिकारी कै नेतृत्वमा २५ वटा विद्यालयमा अनुगमन गरेपनि निर्दे्शिका नमानेका विद्यालयलाई अझै कारवाही नभएपछि मन्त्री पोख्रेललाई नै निर्देशिका कार्यान्वयनको लागि दबाब दिन लागिएको विद्यार्थी नेताहरुको भनाइ छ ।

मन्त्रीलाइ निर्दे्शिका कार्यान्वयनको लागि ३ दिनको अल्टिमेटम दिने र ३ दिनमा पनि कार्यान्वयन नभए कडा आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनहरुको चेतावनी दिएका छन । बैठकमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु पाँचाँैलगायत ११ विद्यार्थी सङ्गठनका नेताको सहभागिता थियो ।।