रुकुम, ११ जेठ
श्रीमानको मृत्युपछि रुकुम मुरुको एक दलित परिवार बिचल्लीमा परेको छ । मुरु– ६ नयाँवस्तीमा रहेको सार्वजनिक वनको छेउँमा बस्दै आएकी पवित्रा दमाईको परिवार श्रीमानको मृत्युसँगै आर्थिक अभावका कारण बिचल्लीमा परेको हो ।
अर्काको घरमा काम गरेर परिवार धानिरहेका मानबहादुर दमाईको गत बैशाख ४ गते भीरबाट लडेर मृत्यु भएको थियो । उनको मृत्युपछि श्रीमती पवित्रा दमाईलाई छोराछोरी पाल्न मुश्किल परेको छ । आफूसँगै ४ छोराछोरीलाई हुर्काउन आफूसँग कुनै सम्पत्ति तथा आर्थिक स्रोत पवित्राको भनाइ छ ।
सार्वजनिक वनको छेउँमा बस्दै आएकी पवित्रा दमाईको न पेटभरी खान पुग्ने जग्गाजमिन छ न त नाङ्गो ढाक्ने लत्ताकपडा नै । छ त केवल सार्वजनिक वनको छेउँमा घामपानी छल्ने एउटा सानो झुप्रो । श्रीमानले सकीनसकी बनाएको त्यही झुप्रो पनि सार्वजनिक वनको सीमानाभित्र रहेकोले कतिखेर सरकारले भत्काइदिने हो रु त्यसको ठेगान पनि छैन ।
श्रीमानको मृत्यु भएपछि ४ छोराछोरीलाई हुर्काउने जिम्मेवारी समेत आफ्नो काँधमा आएकोले तिनीहरुलाई कसरी हुर्काउने भन्ने चिन्ताले पिरोलेको छ पवित्रालाई । पत्रकारसँग दुःख पोख्दै उनले भनिन्, “हाम्रो नाममा कुनै जग्गा÷जमिन तथा धन सम्पति छैन । जे भनेपनि श्रीमान हुनुहुन्थ्यो । श्रीमान बितेपछि हाम्रो अब खाने बस्नेको कुनै टुंगो छैन ।”
आफ्नो ज्यान जसोतसो पाल्नसक्ने सोच बनाएकी पबित्राले छोराछोरीको भबिश्य बिग्रिदै गएकोमा ठूलो चिन्ता लागेको बताउन’भयो । । आफूले सकेको सहयोग गरेर आफ्ना छोराछोरीको लालनपालनमा सहयोग गर्न पनि पवित्राले बिभिन्न संघसंस्थाहरु लगायत सबैमा आग्रह गनर्’भएको छ ।।