इन्द्रेणी संवाददाता
दाङ, ११ जेठ
ट्राफिक जरिवानाको शुल्क बढाएको प्रति विभिन्न यातायात ब्यबसायी तथा मज्दुरहरुले आपत्ती जनाएका छन ।parasi

दाङ सहित देशभरका यातायात ब्यबसायी र मज्दुरहरुले सरकारले ट्राफिक जरिवाना बढाएको भन्दै विरोध स्वरुप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

राप्ती अञ्चल संयोजक भरतनाथ योगीको अध्यक्षतामा बसेको वैठकले गृह मन्त्रालयको निर्देशनलाई उपेक्षा गरि गत असोज १४ गते प्रकाशित राजपत्रको सुचनालाई आधार मानी जरिवाना शुल्क असुल्न ट्राफिक प्रहरी सक्रिय भएकाले आफुहरु मारमा परेको भन्दै आन्दोलन गर्ने निर्णय गरेको छ ।

राप्ती अंचल समिति तथा मजदुर संघ संगठनकोे निर्णयप्रतिनेपाल यातायात मजदुर संघ, स्वतन्त्र मजदुर संगठन, अखिल मज्दुर यातायात संघले आन्दोलनका कार्यक्रम प्रति एक्यवद्धता जनाएको छ । आन्दोलनका कार्यक्रम अन्र्तगत१३ गते देशव्यापी चक्काजाम गर्ने कार्यक्रम रहेको अंचल संयोजक योगीले जानकारी दिनुभयो ।

पर्सि अत्यावश्यक साधन वाहेक अन्यलाई रोक लगाईने उहाले बताउनुभयो ।सरकारले यहि जेठ १ गतेदेखि नयाँ ट्राफिक नियम लागु गरेको छ । ट्राफिक नियम उल्लघन गरेर सवारी साधन चलाउने चालकलाई गर्ने जरिवानामा २० प्रतिशत अर्थात न्यूनतम पाँच सयदेखि १५ सयसम्म जरिवाना बढाईएको बिरोधमा यातायात ब्यबसायि तथा मजदुरहरु आन्दोलित भएका हुन् ।।