दाङ ११ जेठ
सोमवारको हावाहुरीले सैघा स्थित एक विद्यालयको छाना उडाएको छ । सैघा गाविस ३ स्थित बालहित प्रावि पटिन्जाको छाना उडाएको विद्यालयले बताएको छ ।featureविद्यालयका दुई वटा भवनहरु मध्य एउटा भवनको छाना उडाएर क्षति पु¥याएको प्रधानाध्यापक बुद्धिराम घर्ति मगरले बताउनुभयो ।

हावाहुरीले विद्यालयको एक लाख बढिको क्षेति गरेको छ । शिशु कक्षा र एक कक्षाका विद्यार्थीहरु अध्ययन गर्ने भवनको छाना हावाहुरीले उडाए पछि विद्यार्थीहरुलाई माथिल्लो कक्षामा राखेर पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक घर्तिले बताउनुभयो । अहिले विद्यालयमा ५५ जना विद्यार्थी अध्ययन गर्दै आएका छन ।।