सल्यान, ११ जेठ
सल्यानको वाफुखोलामा हुन लागेको वाल विवाह रोकिएको छ । वाफुखोला गाविस ८ लेखटोलका १५ वर्षिय संजीव वली र सोही गाउँकी १७ वर्षिय रिता डाँगी बिच हुन लागेको विवाह शक्तिशाली महिला विकास केन्द्रको अगुवाईमा रोकिएको हो ।
विवाहका लागि तयारी भएको खवर पाए पछि घरमा पुगेका स्थानीयहरुले वाल विवाह स्थगित गर्न लगाएका थिए । केटा केटीले आफुले राजी खुसी विवाह गर्न लागेको वताए पछि महिला समुहकी अध्यक्ष कल्पना खड्का, निर्मला कुमारी वलीले वाल विवाह र यसले पार्ने असरका वारेमा जानकारी दिए पछि केटा केटी दुवैले उमेर पुगे पछि विवाह गर्न मञ्जुर भएका छन् ।
आफुहरु उमेर नपुगन्जेल आ–आफ्नो घरमा वस्ने र उमेर पुगे पछि विवाह गर्ने संजीव वलीले वताऊनु भयो । विवाह गर्न पहल गरेको भन्दै महिला समुहले दश हजार जरिवाना समेत गरेको छ । केटाका वुवा सर्वजीत वलीलाई दश हजार जरिवाना गरिएको खड्काले बताउनु भयो ।
वाफुखोला गाऊ विकास समितिले गाविसमा वालविवाहलाई रोक लगाएको छ । गाविसको निति लागु गर्न शक्तिशाली महिला विकास केन्द्रले वाल विवाह गर्ने गराऊनेलाई कार्वाहीका लागि विभिन्न नियम समेत वनाएको समितिका अध्यक्ष कल्पना खड्काले जानकारी दिनु भयो ।।