घोराही, ६ पुस । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्तर्गत लक्ष्मीपुरमा गाविसस्तरीय मानवअधिकार निगरानी समूह गठन गरिएको छ ।
आज लक्ष्मीपुर गाविस कार्यालयमा भएको सर्वपक्षिय भेलाले मधुसुदन शर्माको संयोजकत्वमा ११ सदस्यीय गाविसस्तरिय मानवअधिकार निगरानी समूह गठन गरिएको हो ।
समितिको सदस्यहरुमा डिल्ली बहादुर बस्नेत, माधव प्रसाद चौधरी, आशाराम चौधरी, भिमबहादुर कवर योगी, खिमा शर्मा, रिखा घर्ती, सीता पाण्डेय, हिमा अधिकारी, पार्वता सुवेदी र कुलबहादुर गोतामे चयन भएका छन् ।
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लको अध्यक्षता तथा गाविस सचिव पुनाराम गिरीको प्रमुख आतिथ्यतामा भएको भेलामा इन्सेक केन्द्रीय कार्यक्रम अधिकृत उन्नति केसीले इन्सेको परिचय, इएलपी कार्यक्रमको उद्देश्यका विषयमा जानकारी गराएका थिए ।
इन्सेक जिल्ला प्रतिनिधी जे.एन.सागरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सहजकर्ता शालिकराम मुसाफिरले गरेका थिए ।