दाङ, ६ पुस । दाङको डुरुवा ४ कोठरीमा हुने माघि विशेष सांस्कृतिक महोत्सवमा वालउद्यान राखिने भएको छ । पुस १२ देखि १७ गतेसम्म हुने माघी विशेष सांस्कृतिक महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै वालउद्यान पनि राखिने आयोजकले बताएको छ ।
“स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा मौतका कुवा, ढुंगा पीङ, झुला पिङ, जादु लगायत बालबालिकालागी विभिन्न मनोरञ्जनात्मक खेलहरुको व्यवस्था गरिने महोत्सवका संयोजक यामबहादुर पुनले जानकारी दिए ।
नवजागरण नेपाल दाङको आयोजना र नवश्रृजनसिल युवा क्लब तेघराको सहआयोजनामा हुन लागेको महोत्सवमा स्थानीयबासीहरुको माग अनुसार वालउद्यानको व्यवस्था गरिएको हो ।
