तुलसीपुर ६ पुस । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले समाचारमा सन्ुतलन अतिआबश्यक रहेको बताएका छन् । साँक्षी खबर साप्ताहिकको सातौ वार्षिकोत्सव समारोहलाई सम्बोन्धन गर्दै शर्माले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले बिजौरी भाषा, कला, संस्कृतिको उद्गमस्थल भएकाले यसको विकासका लागि सञ्चार माध्यमले अग्रणी भुमिका खेल्नु पर्ने बताए । पत्रिकाका प्रधान सम्पादक सुनीलकुमार पोख्रेललको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथि क्षेत्रीय आयुर्वेद चिकित्सालका निर्देशक प्राध्यापक डाक्टर ठाकुर प्रसाद दुवाडीले गुणस्तरियता र प्रभावकारीतामा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले पत्रकारिताको वृद्वि विकासका लागि सरकारी निकायहरुबाट पनि पहल भइरहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, वरिष्ठ सञ्चारकर्मी कोमल वली, प्रेस चौतारीका प्रदेश नम्बर ५ का संयोजक सविन प्रियाशन, प्रेस युनीयन दाङका सभापति शुसील बस्नेत, प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्ल, नागरिक समाज दाङका संयोजक टिकराम रेग्मी, मानव अधिकार सञ्जाल दाङका संयोजक केशव कुमार शर्मा, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीलगायतले आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा पत्रिकाका सहसम्पादक गोकर्ण पौडेललाई उत्कष्ट कार्य गरेको भन्दै सम्मानित गरिएको थियो । त्यस्तै पत्रिकाका प्रमुख समाचारदाता सागर थापा, पत्रिकालाई सहयोग पु¥याउने अनोदकुमार देवकोटा, आनन्द गौतम, यादव शैघालीलगायतकालाई सम्मान गरिएको थियो ।