congressतुलसीपुर ६ पुस ।  नेपाली कांग्रेस दाङका जिल्ला कार्यसमिति सदस्य कमानसिङं भारतीका छोरा प्रविण भारतीको निधनप्रति कांग्रेस दाङले दुःख व्यक्त गरेको छ ।

कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का र सचिव शंकर प्रसाद डाँंगीले वुधवार एक विज्ञप्ति जारि गरि जिल्ला सदस्य भारतीका छोरा प्रविणको मंगलवार राति काठमाण्डौमा उपचारका क्रममा भएको असमायीक निधनप्रति शोक प्रकट गरेका छन् ।

विज्ञप्तिमा मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन तथा आफन्तहरु प्रति समवेदना प्रकट गरिएको छ ।

त्यस्तै सिंचाई मन्त्री दिपक गिरी, राजु खना, अनिता देवकोटा, बुद्धिराम भण्डारी, काग्रेस दाङ क्षेत्र नंबर तीनका सभापति भुप बहादुर डाँगीले पनि भारतीको निधन प्रति दुःख ब्यक्त गरेका छन् ।