house-wairing

तुलसीपुर ६ पुस ।  दाङको तुलसीपुरमा निःशुल्क हावस वायरिङ् तालिम हुने भएको छ । स्वदेशमै स्वरोजगार गराउने उदेश्यले डायनमिक टेक्निकल कलेजले तालिम सञ्चालन गर्न लागेको हो । त्यसका लागि पुस १ गते देखी फाराम खुल्ला गरिसकेको कलेजले जानकारी दिएको छ ।

कलेजका अनुसार माघ ३० गते सम्म फारम खुल्ला गरिएको छ । पहिलो चरणमा ८० जनालाई निःशुल्क तालिम दिईने छ । निःशुल्क तालिम सिक्नका लागि तुलसीपुर ५ घोराही रोड गुल्मचोक नजिक रहेको शोलुसन मल्टिप्रपोच प्रालिमा फाराम भर्न सकिने प्रालिका सञ्चालक लोकराज भण्डारीले जानकारी दिए ।

निःशुल्क रुपमा दिईने तालिमको अबशर नछुटाउन भण्डारीले सबैलाई आग्रह पनि गरेका छन् । भण्डारीका  अनुसार मुलुकमा बढ्दो बेरोजगारको समस्यालाई अन्त्य गर्न तालिम सञ्चालन गर्न लागिएको हो । उनले भने ‘ बेरोजगारीको समस्या धेरै भयो, बैदेशीक रोजगार जानेहरु धेरै भए त्यसलाई न्युनिकरण गर्न निःशुल्क तालिमको आयोजना गरिएको हो ।’

स्वदेशमै आफैले सीप सिकेर केही गर्न सक्ने बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाई छ । बैदेशीक रोजगारमा जाँदा पनि सीप नहुँदा धेरैले दुःख पाईरहेको भन्दै त्यसलाई पनि न्युनिकरण गर्न तालिमले महत्वपुर्ण भुमिका खेल्ने उनले बिश्वास लिए ।