नेपालगञ्ज, ६ पुस । मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्जले सवारी दुर्घटनामा परी मृत्यु भएका कर्मचारीको परिवारलाई आज आर्थिक सहयोग प्रदान गरेको छ ।

15541494_563531507173624_7611922701668633664_nकार्यालय परिसरमा आज एक कार्यक्रमको आयोजना गरी गतबर्ष सवारी दुर्घटनामा परी मृत्यु भएका प्रहरी जवान दलबहादुर बिकको परिवारलाई ५१ हजार नगद सहयोग प्रदान गरिएको हो ।

तालिम केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीले आफनो तलबर रकम कटौती गरि स्थापना गरिएको आन्तरिक कल्याण कोषमार्फत मृतक बिकको परिवारलाई सो रकम प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा समादेशक प्रहरी बरिष्ठ उपरिक्षक दानसिंह बोहराले सो रकम मृतककी श्रीमती कल्पना सुनारलाई हस्तान्तरण गरेका हुन् ।