काठमाडौं, ६ पुस । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अन्जानमै संघीयता स्विकारिएको बताएका छन् ।
आज राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले तत्कालिन एमाओवादीले चलाएको हिंसात्मक आन्दोलनलाई शान्तिप्रक्रियामा बदल्नका लागि आफुहरुले बाध्यतामा संघीयता स्विकार्नु परेको बताए ।
उपाध्यक्ष गौतमले तत्कालिन माओवादीले जनताको हत्या गर्न थालेपछि संघीयता स्विकार्नु परेको तर्क गरे । उनले सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव संविधानको समेत उल्लंघन हुने गरी र जनताको भावना विपरित हुने गरी आएको भन्दै कुनै पनि हालतमा मान्न नसकिने जिकिर गरे ।
