रुकुम, ६ पुस । रुकुमको सल्ले विमानस्थलबाट डोल्पा हेलिकोप्टरबाट डोजर पुर्याइएको छ । डोल्पाका निर्माण व्यवसायी गणेशबहादुर शाहीले नेपाली सेनको हेलिकोप्टर रिजर्भ गरेर डोजर डोल्पा पुर्याएका हुन।
फोटोः आदर्श केसी
सल्ले विमानस्थलबाट डोल्पो जुफाल विमानस्थलसम्म एउटा डोजर पुर्याउन हेलिकप्टरले तीन पटक अपडाउन गर्नु पर्यो । डोल्पाको विकासका लागि आफूले डोजर लिएको निर्माण व्यवसायी शाहीले बताए ।
एउटा डोजर डोल्पा पुर्याउनको लागी हेलिकप्टर भाडासहित झण्डै ५० लाख रुपैयाँ खर्च लागेको उनले जानकारी दिए । डोल्पाजस्ता विकट जिल्लामा अझै विकासका बाटा खुलेका छैनन् ।
