दिपक कुमाल , तुलसीपुर ६ पुस । सन २०१७ को अबशरमा तुलसीपुरमा संस्कृतिक कार्यक्रम हुने भएको छ । युनिभर्सल एकाडेमी तुलसीपुरको आयोजनामा सन २०१७ जनवरी १ अर्थात यहि पुस १६ गते कार्यक्रम हुन लागेको हो । वैस्टर्न पार्टी प्यालेसमा जनवरी १ को साझ ७ बजे देखी कार्यक्रम शुरु हुने छ ।
कार्यक्रमबाट संकलन भएको केही रकम तुलसीपुरको अरणीको खेल मैदान नजिक सार्बजनीक शौचालय निर्माणमा खर्चन कार्यक्रम संयोजक अरुण लहरेले जानकारी दिए । खेलाडि समेत रहेका उनले कार्यक्रमबाट संकलन भएको कुल रकम मध्ये १० प्रतिसत रकम शौचालय निर्माणमा खर्चिने जानकारी दिए ।
अरणीको मैदान नजिक सार्बजनीक सौचालय नहुँदा खेलाडिलाई समस्या हुने गरेको भन्दै कार्यक्रमबाट संकलन भएको केही रकम शौचालय निर्माणमा खर्चिन लागेको उनले जानकारी दिए ।
कार्यक्रममा चर्चित कलाकारहरु सुनिल गिरी, भुमिका गिरी, प्रेम बिवश घर्ती लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रम हेर्नका लागि एक जोडिका लागि दुई हजारको टिकेटको ब्यबस्थापन गरिएको छ । आयोजकका अनुसार दर्षकहरुलाई रात्री भोजको निःशुल्क ब्यबस्था गरिएको छ ।
साथै कार्यक्रम ब्यबस्थापनका लागि बिभिन्न समिति पनि गठन गरिएको संयोजक लहरेले जानकारी दिए । उनका अनुसार दिपेश गुप्तालाई मञ्च ब्यबस्थापन, समिर वलीलाई संस्कृतिक संयोजक, दिपक बोहरालाई प्रचारप्रसार संयोजक, सुरज वलीलाई आर्थिक संयोजक, खेम भण्डारीलाई अतिथि सेवा समिति, मिग्मा चौधरी र प्रकाश चौधरीलाई खानपिन ब्यबस्थापन र प्रदिप गौतमलाई स्वयंसेवक संयोजक र शुभम शर्मालाई स्वयंसेवक उपसंयोजकको जिम्मा दिएको छ ।
कार्यक्रमको मुख्य प्रायोजक र प्रयोजक बन्न चाहानेहरुले सम्पर्क गर्न कार्यक्रम ब्यबस्थापक दिपक कुमालले जानकारी दिएका छन् । कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह पनि गरिएको छ ।
