इन्द्रेणी संवाददाता
दाङ, ६ पुस । दाङको घोराहीमा सञ्चालित सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७३ आजदेखि सकिएको छ । ‘समाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ मंसिर ३० गतेदेखि सञ्चालन भएको उक्त महोत्सवको आज एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ ।

dscn0850नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ दाङको आयोजनामा सञ्चालन भएको महोत्सव दाङमा पहिलो पटक आयोजना भएकाले उपलव्धी महत्वपूर्ण भएको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले बताए ।

महोत्सवको समापन गर्दै प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले पठन संस्कृतिको विकास लागि सञ्चालन भएको शैक्षिक महोत्सवले सफलता हासिल गरेको बताए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ दाङका अध्यक्ष घनश्याम वरालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले समापन मन्तव्य राखेका थिए ।

dscn0894सो अवसरमा विभिन्न सांगितिक प्रस्तुती पनि देखाइएको थियो । महोत्सवमा पुस्तक तथा स्टेशनरीसँग सम्बन्धीत ६० भन्दा वढी स्टलहरु रहेका थिए । महोत्सव अवधिभर दर्शकहरुको उल्यखे सहभागिता रहेको आयोजकले बताएको छ । महोत्सव सफल पार्न सहयोग गर्ने सम्पूर्ण निकाय तथा व्यक्तित्वहरुलाई आयोजकले धन्यवाद दिएको छ ।