इन्द्रेणी स्ंवाददाता
घोराही, ४ पुस । वालमैत्री टेलिचलिचित्र ‘ज्योती’ को आज घोराहीमा च्यारेटी शो गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेशनको आयोजनामा पद्योदय पव्लिक उमावि भरतपुरको मैदानमा उक्त चलचित्रको च्यारेटी शो गरिएको हो ।
बालमैत्री समाज निर्माणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि युनिसेफद्धारा निर्माण गरिएको हो । वालमैत्री समाज निर्माणका लागि चलचित्रले सन्देश दिएको छ ।
उक्त चलचित्र करीव एक घण्टा ३० मिनेटको रहेको छ । च्यारेटी शो पछि हास्य कलाकाह सिताराम कट्टेल (धुर्मुस’ र कुञ्जना घिमिरे (सुन्तली) ले पनि आफ्ना प्रस्तुती राखेका थिए ।