काठमाडौँ, ४ पुस । नेपाल र मङ्गोलियाका कूटनीतिक राहदानी भएका र सरकारी अधिकृतले एक अर्को देशमा भ्रमण गर्दा प्रवेशाज्ञा (भिसा) लिनु नपर्ने भएको छ ।
दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सो प्रावधानले कोसेढुङ्गाको काम गर्ने र अगामी दिनमा जनस्तरसम्म सो प्रावधान पुग्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
चीनको नाकाबन्दीबाट एक महिनायता पीडित बनिरहेको मङ्गोलिया र एक वर्षअघि भारतको नाकाबन्दी झेलेको नेपालबीच महत्वपूर्ण वार्ता भएको हो ।
मंसिर पहिलो साता दलाई लामालाई स्वागत गरेपछि चीनले मङ्गोलियामाथि ुअघोषित नाकाबन्दीु लगाएको छ । विश्वकै ठूलोमध्ये एक भूपरिवेष्ठित राष्ट्र मङ्गोलियाको तेस्रो देशको व्यापारका लागि एक मात्र विकल्प चिनियाँ बन्दरगाह जाने बाटो चीनले बन्द गरिदिएपछि मङ्गोलियाका विदेश मन्त्री नेपालसम्म आएका हुन् ।
