गुल्मी, ४ पुस । करीव २० दिनदेखि बन्द रहेको गुल्मी आज ११ बजेदेखि खुल्ने भएको छ । आन्दोलनरत सयुक्त संघर्ष समितिले बिहान ११ बजेदेखि बन्द फिर्ता हुने जनाएको छ ।
संसदमा दर्ता भएको संविधान संशोधनको बिरोधमा विभिन्न राजनीतिक दल संमिलित संघर्ष समितिले बन्द गर्दै आएको थियो । लगातारको बन्दले जनजीवन निकै कष्टकर भएपछि बन्द फिर्ता लिएर अरु रचानात्मक कार्यक्रम गर्ने सहमति भएको संघर्ष समितिले बताएको छ ।
