काठमाडौं, ३ पुस । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसोधन प्रस्तावको चर्काे विरोध गरिरहेका वेला सत्ताको प्रमुख घटक नेपाली कांग्रेसले मधेसी मोर्चाले मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन विधेयकमा परिमार्जन संभव नभएको बताएको छ ।
उसले एमालेले भने जस्तो संविधान संशोधन प्रस्ताव थाती राख्ने वा फिर्ता लिने संभावना पनि नरहेको बताएको छ । माओावादी र मधेसी मोर्चा सहितको बैठकमा कांग्रेस सभापति देउवाले मधेसी मोर्चाले भने जस्तै गरि संविधान संशोधनमा परिमार्जन संभव नभएको बताए ।
त्यस्तै कांग्रेस सचेतक चीनकाजी श्रेष्ठले अहिलेकै संशोधन प्रस्ताव त पास गराउन गाह्रो भइरहेको बेला प्रस्तावमा परिमार्जन संभव नहुने जिकिर गरे ।