दाङ, ३ पुस । पाँच दिनदेखि बन्द रहेको पाल्पा र दुई दिनदेखि बन्द दाङ खुलेको छ । संविधान संसोधन मार्फत ५ जबमर प्रदेशलाई टुक्राउन खोजको विरोधमा आह्वान गरिएको पाल्पा बन्द दिउँसो १ बजेदेखि खुलेको छ भने दाङ बन्द दिउँसो ३ बजेबाट खुलेको छ ।
बन्द खुलेपछि दुबै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ । बन्दका कारण ठप्प भएका यातायातका साधन सच्चालनमा आएका छन् भने बजारहरु पनि खुलेका छन् ।
पाल्पामा संयुक्त सघर्ष समितिको हिजो बेलुकाको बैठकले आइतबार दिउँसो १ बजे कोणसभा गरी बन्द खुलाउने निर्णय गरेको थियो । सोही अनुसार बन्द खुलेको हो भने दाङमा पनि एमाले, राजमो, र माले रहेको सयुक्त संघर्ष समितिले आज शैक्षिक संस्था खोल्न दिने निर्णयसहित विद्यालय खुलेका थिए भने ३ बजे कोणसभाको आयोजना गरी ३ बजे बन्द सकिएको जानकारी दिएको थियो ।
दाङमा पुस १० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा
१. पुस ४ गते आन्दोलनको समीक्षा र पत्रकार भेँटघाट ।
२. पुस ५ गते युवा र बिद्यार्थीहरूको अगुवाइमा सीटी जुलुस ।
३. पुस ६ गते महिलाको नेतृत्वमा जुलुस पर्दशन ।
५. पुस ७ गते बुद्धिजीवी, उद्योगी र व्यापारिहरूको जुलुस ।
६.. पुस ८ गते तराइका गाबिसमा मोटरसाइकल रयाली ।
७. पुस ९ गते १९२ घण्टा राजमार्गहरूमा साना तथा ठुलो सवारी साधनको पर्दशन ।
८. पुस १० गते राजमार्गहरूमा राष्ट्रिय झण्डासहित ५ नं प्रदेश टुक्रिन नदिने सामुहिक सपथ खाने ।