काठमाडौं, ३ पुस । इन्डोनेसियन सैनिक सवार पपुवा न्युगिनीको विमान आइतबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
सो विमान पूर्वी क्षेत्रको दुर्गम पहाडी क्षेत्रमा पर्ने लिसुवा भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
स्थानीय समय अनुसार आज साढे पाँच बजे टिमिकाबाट उडेको हर्कुलस सी १३० विमान वामेनामा सवा ६ बजे अवतरण गर्ने बताइएको थियो । तर, ६ बजेर आठ मिनेट जाँदा विमान दुर्घटना भएको हो ।