इन्द्रेणी संवाददाता
दाङ, ३ पुस । संविधान संसोधनमार्फत ५ नम्बर प्रदेशलाई टुक्राउन खोजेको विरोधमा आह्वान गरिएको दुई दिने दाङ बन्द आज ३ बजेदेखि सकिदैछ ।

dscn0646बन्दको दोस्रो दिन आज जिल्लाका शैक्षिक संस्था खोल्न दिएपनि बन्द आह्वान कर्ताहरुले व्यापार र यातायातका साधन चल्न दिएका थिएनन् । बन्दको कार्यक्रम ३ बजे सकिएको घोषणा गर्दै आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

बन्द आह्वान गर्ने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र नेकपा मालेले घोराहीको तुलसीपुर चोकमा कोणसभाको आयोजना गरी बन्द समापन र आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने बताएका छन् ।