इन्द्रेणी संवाददाता
दाङ, ३ पुस । प्रगतिशील लेखक संघ दाङशाखाले २४ औं स्थापना दिवसको अवसरमा चारजना साहित्यकारहरुलाई सम्मान गरेको छ । घोराहीमा सञ्चालित शैक्षिक महोत्सवमा संघले ती साहित्यकारहरुलाई सम्मान गरेको हो ।
यसवर्षको प्रगतिशील साहित्य पुरस्कारबाट शरद देवकोटालाई र चिन्तामणि–जमुना साहित्य पुरस्कारबाट हिरामणि दुःखीलाई, अनन्त–टीका प्रतिभा पुरस्कारबाट जागेश्वर शर्मा घिमिरेलाई, गोविन्दचिस सर्जक पुरस्कारबाट साहित्यकार भुपेन्द्र वलीलाई र गोविन्द ज्ञवाली साहित्य पुरस्कार दीपा धिताललाई गरिएको छ ।
प्रलेस दाङका अध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा प्राज्ञ डाक्टर अमर गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकारहरुलाई सम्मान गरिएको हो । कार्यक्रमको सहजीकरण सचिव खगेश्वर भण्डारीले गरेका थिए भने स्रष्टाहरुको परिचय उपाध्यक्ष डिल्ली मल्लले गराएका थिए ।
