पोखरा, ३ पुस । अदालतमा महिला हिंसाविरुद्धमा परेका मुद्दा तीन महिनाभित्र टुङ्ग्याउन प्रधानन्यायाधीश सुशीला कार्कीले निर्देशन दिएकी छन । सर्वोच्च अदालतको आयोनजामा आयोजित न्यायमा महिलाको पहुँच र सरोकारवाला निकायबीचको समन्वय विषयक एकदिने छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले जिल्ला न्यायाधीशहरुलाई सो निर्देशन दिएकी हुन ।
प्रधानन्यायाधीश कार्कीले निमुखा एवम् पिछडिएका वर्गलाई छिटो छरितो र गुणस्तरीय न्याय सेवा प्रदान गरेर अदालतप्रति जनविश्वास बढाउन आग्रह गरिन । अदालतद्वारा फैसला गरिएका मुद्दाको कार्यान्वयनका लागि कानुन व्यवसायीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
यस्तै उनले पीडितलाई तत्काल न्याय र पीडकलाई दण्डित गर्ने व्यवस्था प्रभावकारी बताउनुमा जोड दिइन । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले न्यायमा महिलाको पहुँच अझै पुग्न नसकेको बताइन ।











