दिपक कुमाल/ तुलसीपुर ३ पुस । तुलसीपुर ४ मोतीपुरमा रहेको एकता टोल बिकास संस्थाले भुह्यारथान मन्दिर उदघाटन गर्ने भएको छ । शनिबार बसेको बैठकले यहि पुस २३ गते मन्दिरको उदघाटन गर्ने निर्णय गरेको हो ।

124635267
फाइल तस्विर

साथै सोही दिन माघी मिलन कार्यक्रम तथा थारु संस्कृतिक प्रतियोगीता पनि हुने भएको छ । जसका लागि दामु चौधरीको संयोजकत्वमा कार्यक्रम ब्यबस्थापन समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा मानविर चौधरी, मेहरमान वली, कुल बहादुर चौधरी, हरि प्रसाद चौधरी, मिखुवा चौधरी, श्रीराम चौधरी, मोहनलाल चौधरी, बोमलाल भण्डारी रहेका छन् ।

समितिको सल्लाहकारमा छोटीलाल थारुलाई राखिएको छ । कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण थारु समुदाय तथा टोल बिकास संस्थाहरुलाई आग्रह पनि गरिएको छ ।