इन्द्रेणी संवाददाता
दाङ, ३ पुस । दाङको लमहीमा निर्माणाधिन क्रिकेट मैदानको निर्माण कार्यले तीब्रता पाएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) मापदण्डमा बन्न लागेको उक्त मैदानको निर्माण कार्य अहिले तीब्ररुपमा अगाडी वढेको लमही नगर विकास समितिले जनाएको छ ।

kirket-maidan-grafik-map

लमही क्रिकेट मैदानको ग्राफिक नक्सा

लमही नगर विकास समितिले उक्त मैदान निर्माणका लागि१ करोड ३१ लाखमा टेण्डर आह्वान गरेको थियो । तर निर्माण कम्पनीको प्रतिस्पर्धामा विलोमा झरेर रु. ८२ लाख ६७ हजारमा टेण्डर प्राप्त गरेको लमही नगर विकास समितिका सवइञ्जिनियर तुलसीराम अर्यालले बताए ।

आर्थिक वर्ष २०५७÷०५८ मा मैदानको निर्माण कार्य शुरु गरिएपनि विभिन्न समस्याका कारण निर्माण कार्यले तीब्रता पाउन सकेको थिएन । ‘निर्माण कार्य शुरु गरेको लामो समय वित्दासमेत विचमा केही काम वाहेक उपलव्धी मूलक काम हुन सकेको थिएन’, सवइञ्जिनियर अर्यालले भने, ‘तर अहिले यसको गुरुयोजना नै बनाएर अघि वढाइएको छ ।’

cricket-ground-lamahiमैदान निर्माणका लागि फिल्डको कटिङ गर्ने काम भइरहेको छ भने चारैतिर तारवार गरी सुरक्षित गर्नेका काम पनि अघि वढेको छ ।
करीव ३ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त मैदानको पूर्णरुपमा काम सम्पन्न गर्न झण्डै २३ करोडको स्टीमेट गरिएको छ । नगर विकास समिति लमहीले २३ करोड को गुरुयोजना समेत निर्माण गरिसकेको सवइञ्जिनियर अर्यालले बताए ।

डाईमेन्सन कन्सल्टेन्सी काठमाण्डौंले झण्डै ६ लाख रुपैयाँको लागतमा क्रिकेट मैदानको डिजाईन स्टिमेट तयार गरिसकेको छ । उक्त डिजाईन अनुसार २२ हजार दर्शकले एकैसाथ खेल हेर्न सक्ने छन् ।